१. विद्यालय सम्वन्धी विवरण:
क) विद्यालयको छोटो परीचय :
प्रदेश नं. १ तेह्रथुम जिल्ला साविक तम्फूला गा.वि.स. वडा नं. ६ हाल म्याङ्लुङ न.पा. वडा नं. १० को म्याङ्लुङ वजार नजिकमा ११–०५–०२–०१ रोपनी क्षेत्रफल भित्र श्री सरस्वती माध्यमिक विद्यालय अवस्थित छ ।
तेह्रथुम जिल्लाको फेदाप क्षेत्रमा शिक्षाको ज्योति फैलाउन आवश्यक ठानी म्याङ्लुङ १ तेह्रथुम निवासी शिक्षाप्रेमी, समाजसेवी, अभिभावक स्व. नारायण भगत प्रधानाङ्गको सकृय नेतृत्वमा वि.सं. २०१८ साल माघ २७ गते सरस्वती पूजा (वसन्त पञ्चमी) का दिन म्याङ्लुङ १ मा रहेको तत्कालिन श्री कृष्ण जी पाटीमा श्री नेपाल राष्ट्रिय सरस्वती प्रा.वि.को रुपमा यो विद्यालय स्थापना भएको पाइन्छ । विद्यालयको नीजि भवन नभएका कारण स्थापना काल देखी वि.सं. २०३० साल सम्म करिव १२ वर्ष म्याङ्लुङ बजारमा कहिले पाटी कहिले निजि घरमा त कहिले सिंहवाहिनी विद्यालयको भवनमा यो विद्यालय सञ्चालन गरिएको थियो । वि.सं. २०३१ सालमा स्थानीय शिक्षापे्रमी, वुद्धिजिवी, समाजसेवी र तत्कालिन प्रशासकहरुको सहयोगमा म्याङ्लुङ १, तेह्रथुममा तत्काल रहेको स्थानीय जग्गा धनी स्व. पशुपती रिजाल र स्व. मदनवहादुर श्रेष्ठको जग्गामा तत्कालिन विद्यालय सञ्चालक समितिको सकृयतामा सो जग्गामा सातकोठे एकतले एल आकारको भवन निर्माण गरी आफ्नै नीजि भवनमा विद्यालय सञ्चालन गरियो । शैक्षिक वर्ष २०३१/०३२ मा यस विद्यालयको नाम श्री सरस्वती प्रा.वि. का रुपमा राखी सञ्चालन गरिएको हो । विभिन्न आरोह अवरोह पार गर्दै हाल म्याङ्लुङ नगरपालिका वडा नं. १० तम्फुलामा यो विद्यालय कक्षा १–११ सम्म सामुदायिक विद्यालयको रुपमा सञ्चालन भै रहेको छ । आ.व. २०७३/०७४ देखि आ.व. २०७४/०७५ सम्ममा चारकोठे पक्की भवन जि.शि.का. र विद्यालयको संयुक्त लगानीमा निर्माण सम्पन्न भै विद्यालय सञ्चालनमा रहेको छ ।
भौगोलिक अवस्था :– पूर्वमा म्याङ्लुङ न.पा. १०, पश्चिममा म्याङ्लुङ न.पा. ३, उत्तरमा म्याङ्लुङ न.पा. ९ र दक्षिणमा म्याङ्लुङ न.पा. २ को विचमा तेह्रथुम जिल्ला म्याङ्लुङ न.पा. १० म्याङ्लुङ बजार छेउमा यो विद्यालय अवस्थित छ । पहाडी भागमा रहेको भिरालो चट्टान, चिम्टीया माटो भएको जमिनमा यो विद्यालय अवस्थित छ । शितोष्ण एवं समशितोष्ण हावापानी यहाँ रहेको छ ।
विद्यालय समुदायको बनोट :– वहुभाषिक, वहुजातीय, वहुसाँस्कृतिक, वहुधार्मिक, वहुसामाजिक परम्परा समुदायमा रहेको छ । ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरुषको समुदायमा वसोवास रहेको छ । समुदायका ९० प्रतिशत मानिसहरु अरुकोमा ज्यालादारी काम गरेर दुःखले आ–आफ्नो गुजारा चलाई रहेका छन् । ८ प्रतिशत मानिसले आफ्नै घरमा ढाका कपडा तयार गरेर आ–आफ्नो गर्जो टारेका छन् । तेह्रथुम जिल्ला म्याङ्लुङ न.पा. वडा नं. २, वडा नं. ३, वडा नं. ९ वडा नं. १० मा रहेका गाउँ नै यस विद्यालयको सेवा क्षेत्र कायम गरीएको छ ।