








गोविन्दराज श्रेष्ठ (प्रधानाध्यापक)
आदरणीय महानुभावहरु, आजको युग सूचना र संचार प्रविधि (INFORMATION AND COMMUNICATION TECHNOLOGY-ICT) को युग हो । युगानुकुल सूचना र प्रविधिको विकास तथा उपयोगका कारण विश्वका थुप्रै देशहरुले शैक्षिक, आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रहरुमा उल्लेख्य उन्नति तथा प्रगति गरेकाछन् ।
शिक्षामा ICT को उपयोगबाट शैक्षिक अवसरको विस्तारका साथै शैक्षिक गुणस्तर सुनिश्चित गर्ने, सिकाइलाई प्रभावकारी र दिगो बनाउने तथा नवीनतम् ज्ञानको संसारमा सहज प्रवेश गराउन सकिन्छ । यसको अतिरिक्त शैक्षिक व्यवस्थापनमा प्रभावकारिता ल्याउन, मूल्यांकन प्रणालीमा सुधार गर्न, शैक्षिक सुशासनको प्रत्याभूति गर्नुका साथै शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सूचना तथा संचार प्रविधिको उपयोग अनिवार्य भइसकेको छ । तसर्थ शिक्षण सिकाइ प्रक्रियाको एक अभिन्न अंगको रुपमा सूचना र संचार प्रविधिको उपयोग, यसको विकास तथा विस्तारका लागि शैक्षिक योजना तथा कार्यक्रमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा विद्यालय अगाडि वढिरहेको छ ।
हाल नमूना विद्यालयको स्वीकृतिसँगै विद्यालयमा कम्प्युटर कक्ष, ई–पुस्तकालयको स्थापना गरी मल्टिमिडिया मार्फत शिक्षण सिकाइ क्रियाकलाप संचालित छ । ICT लाई शैक्षिक प्रवर्द्धनको मुख्य साधनका रुपमा लिई विद्यालयका सम्पूर्ण गतिविधिहरु आफ्नै वेभसाइट मार्फत सम्पूर्ण सरोकारवालाहरुसँग पु¥याउने कोसिस गरिएको छ ।
विद्यालयसँग सम्वन्धित सूचना तथा तथ्यांकहरुको संचार गर्ने साधनको रुपमा यसलाई लिइएको छ । शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरुको शैक्षिक पहँुच बृद्धि गराई जहाँ जस्तो अवस्थामा भएपनि विद्यालयसँग जोडिने आधार प्रदान गरिएको छ । यस साइटमा प्रकाशित सामग्रीको अध्ययन पश्चात् विद्यालयलाई सुझाव सहयोगको अपेक्षा गर्दछु । यस साइट मार्फत समयमा नै विद्यालयसँग सम्वन्धित सूचनाहरु उपलब्ध गर्ने गराउने प्रतिवद्धता सहित यस वेवसाइटमा प्रवेश गर्नु भएकोमा यहाँहरुमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।